गोपनीयता कथन

लागू मिति: जुन 25, 2019

Western Union, हाम्रा सहायक र सम्बद्ध संस्थाहरू (“Western Union” वा “हामी” वा “हाम्रा”) तपाईंलाई अझ राम्रो सेवा दिन स्वच्छ अभ्यासहरू र लागू गरिएको डेटा सुरक्षा नियमहरूअनुसार तपाईंको व्यक्तिगत जानकारीको प्रोसेस गर्न प्रतिबद्ध छौँ र तपाईंको गोपनीयता ध्यानमा राख्छौँ। Western Union का स्थानीय निकायहरूको सूची हेर्न कृपया “WESTERN UNION का कानूनी निकायहरू” नामक खण्डमा जानुहोस्।

 

यो गोपनीयता कथनको उद्देश्य

यो गोपनीयता कथनले तपाईंले हाम्रा सेवाहरू अनलाइन वा वेबसाट, रिटेल र हाम्रो मोबाइल एपहरू प्रयोग गर्दा तपाईंले जानकारी सेयर, सङ्कलन, प्रयोग, सुरक्षा र खुलासा गर्ने तरिका व्याख्या गर्नुका साथै तपाईंलाई तपाईंको जानकारी सङ्कलन र प्रयोग गर्ने तरिकाका बारेमा तपाईंका रोजाइहरूका बारेमा व्याख्या गर्दछ। व्यक्तिगत जानकारी भनेको पहिचान वा पहिचान योग्य व्यक्तिसँग सम्बन्धित सबै जानकारी हो।

 

WESTERN UNION ले सङ्कलन गर्ने व्यक्तिगत जानकारी

जब तपाईं हाम्रो सेवाहरू प्रयोग गर्नुहुन्छ, हामीलाई सम्पर्क गर्नुहुन्छ, हाम्रा वेबसाइट वा एप्लिकेसनहरूमा पहुँच गर्नुहुन्छ वा हाम्रा लोयाल्टी कार्यक्रमहरूमा सामेल हुनुहुन्छ (सामूहिक रूपमा, “सेवाहरू”), हामी तपाईंका बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्छौं र तपाईंसँगको हाम्रो सम्बन्ध रहने अवधिमा सङ्कलन गरिएका वा सिर्जना गरिएका अन्य जानकारीको साथमा सो जानकारी प्रयोग गर्न सक्छौँ। हामी तपाईंका बारेमा विभिन्न प्रकारका व्यक्तिगत जानकारी सङ्कलन गर्छौं, जसमा निम्न निम्न पर्छन्:

  • सम्पर्क जानकारी, उदाहरणका लागि तपाईंको नाम, हुलाक ठेगाना, इ-मेल ठेगाना, टेलिफोन नम्बर, र जन्म मिति, लिङ्ग, नागरिकता, पेशा, वैवाहिक स्थिति र सरकारी वा राष्ट्रिय पहिचान नम्बरहरू;
  • लेनदेन जानकारी, तपाईंको पैसा स्थानान्तरण र बिल भुक्तानी सहित;
  • हाम्रो वफादारी कार्यक्रममा सदस्यता, तपाईंले हाम्रा सेवाहरू प्रयोग गर्ने तरिका, बैंक र क्रेडिट जानकारी र सम्पर्क वा मार्केटिङ विकल्पहरूका लागि अनुमतिहरू जस्ता हाम्रा सेवाहरू उपलब्ध गराउन मद्दत गर्ने व्यापारसम्बन्धी जानकारी;
  • निम्नलगायतको प्राविधिक जानकारी: तपाईंले इन्टरनेट प्रयोग गर्ने होस्ट, तपाईंको IP ठेगाना र डिभाइसको विज्ञापन आइडी तपाईंको डिभाइस (जस्तै डिभाइसका विशेषता, अन गरिएको छ भने जियोलोकेसन, सेटिङ, एप्लिकेसन, भण्डारण र प्रयोगसम्बन्धी जानकारी), मोबाइल एप, ब्राउजर र अपरेटिङ सिस्टम सफ्टवेयर, सामाजिक प्रोफाइल र नेटवर्कसम्बन्धी जानकारी, तपाईंले हाम्रा वेबसाइट र ठेगानाहरू पहुँच गर्ने मिति र समयसहित तपाईंले हाम्रो वेबसाइटमा लिङ्क गर्ने साइटको ठेगानाका बारेमा जानकारी। हामी “इन्टरनेट प्रविधिहरू” नामक खण्डमा वर्णन गरेअनुसार तपाईंको अनलाइन गतिविधिहरूमा व्यक्तिगत जानकारी सङ्कलन गर्छौँ।
  • धोकाधडी रोकथाम, पहिचान प्रमाणीकरण, र स्वीकृति जाँच सहित अनुपालन जानकारी।

पैसा ट्रान्सफरको काम सञ्चालन गर्न, वा अन्य भुक्तानी सेवाहरू प्रयोग गर्न, तपाईंले ट्रान्सफर कार्यान्वयन गर्न र पैसा ट्रान्सफरसँग सम्बन्धित हाम्रा कानुनी दायित्वहरूको पालना गर्न सक्षम बनाउनको लागि Western Union द्वारा आवश्यक निश्चित जानकारीहरू उपलब्ध गराउनुपर्छ। हामी तपाईंका केही व्यक्तिगत जानकारी प्रदान गर्न असफल भएमा यसले तपाईंलाई हाम्रा सेवाहरू प्रदान गर्ने हाम्रो क्षमतालाई असर गर्न सक्छ। यसमा पहिचान वा पहिचान कागजातको प्रतिलिपि, कारोबारको गतिविधि, बैंक खाता र भुक्तानी जानकारीसहित लेनदेन पठाउन वा प्राप्त गर्न प्रयोग गरिने पहिचानको फारमको बारेमा जानकारी समावेश हुन सक्छ।

 

WESTERN UNION ले व्यक्तिगत जानकारी सङ्कलन गर्ने तरिका

Western Union विभिन्न माध्यमबाट तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गर्छ:

  • कारोबारका फारम र Western Union एजेन्ट तथा साझेदारहरूसँगको तपाईंको अन्तरक्रियामार्फत;
  • अनलाइन फारमहरू, लोयाल्टी र पुरस्कार कार्यक्रम वा प्रतिस्पर्धाहरूका दर्ताहरूमार्फत र हामीले प्रस्ताव गर्ने अन्य अनलाइन सेवाहरू (जसमध्ये केही Western Union को तर्फबाट तेस्रो पक्षहरूले व्यवस्थापन गर्न सक्छन्) मार्फत;
  • ग्राहक सेवा वा सल्लाह प्रदान गर्दा तपाईंले प्रदान गर्नुहुने जानकारीसहित इमेल, पोस्टल मेल, कल सेन्टरहरू वा लाइभ च्याटहरू;
  • हाम्रा सेवाहरू मर्मत र स्तरवृद्धि गर्ने प्रक्रियामार्फत;
  • कुरानकानीका प्रोटोकल, इ-मेल कुराकानी र कुकीहरू वा यस्तै इन्टरनेट प्रविधिहरू जस्ता स्वालित माध्यमबाट;
  • हाम्रा मोबाइल एपहरूमार्फत (जसमध्ये केही Western Union को तर्फबाट तेस्रो पक्षहरूद्वारा व्यवस्थापन गरिएका हुन सक्छन्);
  • सामाजिक सञ्जाल वा अन्य सार्वजनिक डेटा स्रोतहरूको प्रयोग गरेर; र
  • तेस्रो पक्षका साइटहरूमा राखिएका Western Union का विज्ञापनहरूमा तपाईंको रुचिमार्फत।

हामीले तपाईंबाट सङ्कलन गर्ने व्यक्तिगत जानकारीका अतिरिक्त, हामी तपाईं पैसा पठाउने र/वा प्राप्त गर्ने व्यक्ति, साथै हाम्रा एजेन्ट, सेवा प्रदायक, व्यापार साझेदार, पहिचान प्रमाणीकरण कम्पनी, भुक्तानी र धोखाधडी जोखिम व्यवस्थापन कम्पनी, कानून प्रवर्तन निकाय, र व्यावसायिक र सार्वजनिक डेटा स्रोतहरूबाट पनि तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गर्न सक्छौं।

 

WESTERN UNION ले तपाईंको जानकारी सुरक्षित राख्ने तरिका

हामी तपाईंको व्यक्तिगत जानकारी सुरक्षित गर्न लागू सरकारी कानून र नियमहरूको पालना गर्ने तार्किक संगठनात्मक, प्राविधिक, र प्रशासनिक सुरक्षाहरू प्रयोग गर्ने प्रयास गर्दछौँ। हामीले हाम्रा कर्मचारीहरू, एजेन्टहरू र प्रतिनिधिहरू जसलाई यो थाहा पाउनु आवश्यक छ उनीहरूलाई जानकारी पहुँचमा निषेध गर्न पनि प्रयास गर्छौँ। हामीले प्रयास गरेता पनि, र तपाईंलाई सायद थाहा पनि होला, तेस्रो पक्षहरूले हामीलाई पठाइएको प्रसारण नियमविपरीत रोक्ने वा पहुँच गर्ने वा Western Union को नाम पारेर तपाईंलाई व्यक्तिगत जानकारी उनीहरूलाई खुलासा गर्न गलत तरिकाले निर्देशन दिन सक्छन्।

यदि तपाइँसँग Western Union ले राखेको तपाईंको व्यक्तिगत जानकारी जोखिममा हुन सक्छ भन्ने विश्वास गर्ने कारण छ भने कृपया हामीलाई “हामीसँग सम्पर्क गर्ने” तरिकाको खण्डअनुसार तुरुन्तै सम्पर्क गर्नुहोस्।

 

इन्टरनेट प्रविधिहरू

हामी कुकी, ट्याग र हाम्रा वेबसाइट, मोबाइल एप वा Western Union ले विभिन्न उद्देश्यका लागि अनलाइन सेवाहरू उपलब्ध गराउने तेस्रो पक्षका वेबसाटका वेबबिकनहरूसहित तर यतिमामात्र सीमित नभई “Western Union ले आफूले सङ्कलन गरेको व्यक्तिगत जानकारी प्रयोग गर्ने तरिका” नामक खण्डमा पहिचान गराइएका इन्टरनेट प्रविधिहरू प्रयोग गर्छौँ।

Western Union ले प्रयोगकर्ताका लागि हाम्रा वेबसाइटहरूमा कुकीहरू प्रबन्ध गर्ने क्षमता लागू गरेको छ। हामी तपाईंको प्राथमिकता स्तरमा आधारित कुकीहरू पढ्न वा लेख्न सक्छौं। (नोट: तपाईंले आफ्नो प्राथमिकता स्तर परिवर्तन गर्नुभन्दा पहिले सेट गरिएका कुकीहरू तपाईंको कम्प्युटरमा राखिन्छ; तिनीहरूलाई हटाउन कृपया आफ्नो ब्राउजरका सेटिङहरू र आवश्यक भएमा, आफ्नो ब्राउजरको “मद्दत” फंक्सन हेर्नुहोस्।) तपाईंको ब्राउजरले JavaScript लाई समर्थन गर्दैन भने तपाईं हाम्रो साइटहरूमा प्रयोग गरिएका कुकीहरूबारे पत्ता लगाउन सक्नुहुन्छ र तपाईंको वेब ब्राउजर सेटिङहरूमार्फत मात्र कुकीहरूको प्रयोग व्यवस्थापन गर्न सक्नुहुन्छ। कृपया ध्यान दिनुहोस् कि यदि तपाईंले आफ्नो ब्राउजरमा सबै कुकीहरू असक्षम गर्नुभयो भने, यसले यस साइटका सुविधाहरूलाई सीमित गर्नेछ र तपाईंको लेनदेन पूरा गर्ने क्षमतालाई असर गर्न सक्छ।

Western Union ले कुकीहरू कसरी प्रयोग गर्दछ भन्नेबारे थप जानकारीका लागि कृपया यो लिङ्कमा जानुहोस्: https://www.westernunion.com/jp/ne/legal/cookie-information.html

 

Western Union ले आफूले सङ्कलन गरेको व्यक्तिगत जानकारी प्रयोग गर्ने तरिका

Western Union ले निम्न प्रयोजनका लागि सङ्कलन गरिएको व्यक्तिगत जानकारी प्रयोग गर्छ:

  • तपाईंलाई सेवाहरू प्रदान गर्न मद्दत गर्न र आफ्ना सुविधाहरू पर्सनलाइज गर्न र तपाईंलाई कारोबारहरू पूरा गर्न खातासम्बन्धी जानकारी एक्सेस गर्न मद्दत गर्न;
  • तपाईंको पहिचान गर्न र तपाईंले भिजिट गर्दा तपाईंलाई पासवर्ड पुनः हाल्नु नपर्ने गरी साइन इन राख्न अनुमति दिन;
  • हाम्रा ग्राहकहरूलाई बुझ्न, तिनीहरूको अनुभव सुधार गर्न र विश्लेषणात्मक कार्यहरू गर्न;
  • तपाईं ब्यानर विज्ञापन वा आबद्ध गरिएका स्थानबाट Western Union मा आउनुभएको कुरा निर्धारण गर्न;
  • गैर-Western Union का वेबसाइट र एपहरूमा तपाईंको रुचिअनुसारको जानकारी डेलिभर गर्न;
  • हाम्रो प्रचार अभियानहरूको प्रभावकारिता र तपाईंले हाम्रो प्रचार सन्देशहरूमा अन्तर्क्रिया गर्नुभयो कि गर्नुभएन भनेर राम्रोसँग बुझ्न;
  • हाम्रा सबै सेवाहरूमा सुरक्षा प्रवर्द्धन गर्न, वित्तीय जोखिम र लडाई निम्त्याउने धोखाधडी कम गर्न।

 

हामी तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्ने कानुनी आधारहरू

Western Union ले निम्न कानुनी आधारहरूमध्ये प्रत्येकका लागि यस कथनमा अन्यत्र व्याख्या गरिएअनुसार तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न सक्छ:

  • हामी तपाईंको व्यक्तिगत जानकारी तपाईंलाई सेवाहरू प्रदान गर्न प्रयोग गर्छौं: यसमा पैसा पठाउँदा, भुक्तानी सेवा, प्रिपेड कार्डहरू प्रयोग गर्दा वा लोयल्टी कार्यक्रममा आवश्यक परेमा व्यक्तिगत जानकारी प्रयोग गर्ने कुरा पर्छ। हामी यो जानकारी तपाईंसँगको सम्झौताको कार्यसम्पादनमा वा माथिका कुनै पनि वा Western Union का अन्य उत्पादन वा सेवाहरूका लागि सम्झौतामा प्रवेश गर्न कार्यहरू सुरु गर्न प्रयोग गर्न सक्छौं।
  • हामी वैध व्यापार उद्देश्यका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्छौं: यसमा हाम्रा उत्पादन, स्थान, सेवा, सञ्चालन यस साइटको सञ्चालन र तपाईंको ग्राहक अनुभव र लगानी र ब्रान्ड सन्तुष्टिमा मार्केटिङ रिटर्न मापन गर्नका लागि विश्लेषण र सुधार गर्न व्यक्तिगत जानकारीको प्रयोग समावेश छ। यसमा तपाईंको जानकारी रिसर्चका सर्वेक्षणहरू सञ्चालन गर्नका प्रयोग गर्ने कुरा समावेश हुन सक्छ। हामी ग्राहक सेवाहरू प्रदान गर्न र हाम्रो प्रविधि, प्रणाली र सेवाहरूको सुरक्षा र अखण्डताको रक्षा गर्न मद्दत गर्नका लागि तपाईंको व्यक्तिगत जानकारी पनि प्रयोग गर्न सक्छौं।
  • हामी तपाईंको व्यक्तिगत जानकारी कानूनी उद्देश्य र कानूनको पालना गर्ने उद्देश्यका लागि प्रयोग गर्छौं: यसमा एन्टि मनी लन्ड्रिङ र काउन्टर टेररिस्ट फाइनान्सिङसँग सम्बन्धित कानुनी र नियामक कर्तव्यहरूको पालना गर्न, ठगी र चोरीको पहिचान, रोकथाम र अभियोजन; साथै हाम्रा सेवा वा अन्य गैरकानूनी वा गलत गतिविधिहरूको अवैध वा निषेधित प्रयोगलाई रोक्न आवश्यक व्यक्तिगत जानकारीको प्रयोग गर्ने कुरा समावेश छ। यसमा Western Union र अन्यका कानुनी अधिकार र दावीहरूको स्थापना, अभ्यास वा रक्षा गर्ने र अनुपालनसम्बन्धी मुद्दाहरूको अनुगमन र रिपोर्टिङ समावेश हुन सक्छ। यसमा थप तपाईंको व्यक्तिगत जानकारी प्रयोग गरेर तपाईंको पहिचान प्रमाणित र पुष्टि गर्न र हामीलाई त्यसो गर्न मद्दत गर्न तेस्रो पक्षहरूको प्रयोग समावेश हुन सक्छ।
  • यस कथनमा उल्लिखित तपाईंको सहमतिको आधारमा हामी तपाईंको व्यक्तिगत जानकारीलाई प्रोसेस गर्न सक्छौं: यसमा मार्केटिङ सञ्चारहरू प्राप्त गर्न वा लागू कानूनद्वारा अन्यथा आवश्यक भएमा सहमति प्राप्त गर्ने कुरा समावेश छ। हामीले तपाईंको सहमति अनुरोध गर्यौँ भने हामी तपाईंको जानकारी प्रोसेस गरिने लक्षित उद्देश्यका बारेमा जानकारी दिने छौँ।
  • तपाईंले अनुरोध गर्नुभएको सेवाहरू प्रदान गर्न तपाईंको जानकारी आवश्यक हुँदा वा कानूनद्वारा आवश्यक भएमा हामी तपाईंलाई सूचना दिने छौँ। केही मामिलाहरूमा जस्तै पैसा पठाउने सेवाहरू उपलब्ध गराउँदा, तपाईंले हामीलाई आवश्यक पर्ने व्यक्तिगत जानकारी प्रदान नगरेसम्म हामी तपाईंलाई हाम्रा सेवाहरू उपलब्ध नगराउन सक्छौँ।

 

WESTERN UNION ले आफ्ना ग्राहकहरूसँग मार्केटिङ गर्ने तरिका

Western Union ले तपाईंको अनुमतिको अधीनमा रहँदै, तपाईंलाई हाम्रा उत्पादन तथा सेवाहरूमा भएका अफर, प्रवर्धन र अपडेटहरूका बारेमा सूचना पनि दिने छ। यसमा इमेल, टेलिफोन, पोस्टल मेल, SMS, सामाजिक सञ्जाल र कुराकानीका अन्य माध्यम वा डिजिटल च्यानलहरूमार्फत अफर दिने कार्य पनि पर्न सक्छन्।

तपाईं जुनसुकै बेला मार्केटिङसम्बन्धी कुराहरू प्राप्त गर्नबाट अप्ट आउट गर्न सक्नुहुन्छ। तपाईं आगामी दिनमा पनि हामीबाट अगाडि बढ्ने प्रक्रियाको आधारमा यी मार्केटिङसँग सम्बन्धित कुराहरू प्राप्त गर्न चाहनुहुन्न भने तपाईं सान्दर्भिक इलेक्ट्रोनिक सञ्चारको माध्यमा निर्देशनहरू पालना गरेर वा तलको “हामीलाई सम्पर्क गर्ने तरिका” नामक खण्डमा वर्णन गरेअनुसार हामीलाई सम्पर्क गरेर अप्ट आउट गर्न सक्नुहुन्छ।

तपाईंले हामीबाट मार्केटिङसम्बन्धी कुराहरू प्राप्त गर्नबाट अप्ट आउट गर्नु हुन्छ भने पनि हामी तपाईंलाई महत्वपूर्ण सेवा, प्रशासकीय वा कारोबार सम्बन्धित कुराहरूका बारेमा जानकारी पठाउन सक्छौँ भन्ने कुरा कृपया ख्याल गर्नुहोस्।

 

बच्चाहरूबाट प्राप्त जानकारी

Western Union ले 13 वर्षभन्दा कम उमेरकका बच्चाहरूका लागि हाम्रा सेवा वा उत्पादनहरू सञ्चालन गर्दैन। Western Union ले जानाजानी हाम्रो रिटेल, वेबसाइट वा मोबाइल एपहरूबाट 13 वर्षभन्दा कम उमेरका व्यक्तिहरूको जानकारी सङ्कलन गर्दैन वा आफूसँग कायम राख्दैन।

 

बाह्य वेबसाइटहरू

Western Union को वेबसाइट तेस्रो पक्षबाट वा त्यससँग जोडिएको हुन सक्छ। Western Union ले हाम्रा वेबसाइटहरूसँग लिङ्क गरिएका वेबसाइटहरूद्वारा नियोजित सामग्री वा गोपनीयता अभ्यासहरूको समीक्षा गरेको छैन, त्यसलाई नियन्त्रण गर्दैन र त्यसका लागि जिम्मेवार छैन। Western Union ले यी कुनै पनि साइट, तिनीहरूको सामग्री वा तिनीहरूको गोपनीयता नीतिहरूका लागि जिम्मेवारी लिदैन। Western Union ले तेस्रो पक्ष वेबसाइटहरूलाई समर्थन गर्दैन वा कुनै पनि जानकारी, सफ्टवेयर, वा अन्य उत्पादनहरू वा तपाईंले त्यहाँ भेट्टाउन सक्ने सामग्रीहरूको वा तिनीहरूको प्रयोगबाट प्राप्त हुन सक्ने कुनै पनि परिणामहरूका बारेमा कुनै वारेन्टीहरू दिँदैन।

 

WESTERN UNION ले तपाईंको डाटा कोसँग सेयर गर्छ

यो कथनमा सूचीबद्ध गरिएका उद्देश्यहरूका लागि Western Union ले तपाईंको व्यक्तिगत जानकारीकोका साथै तपाईंको नाम, सम्पर्क जानकारी, राष्ट्रिय पहिचान नम्बर, ग्राहक आइडी नम्बर, ठेगाना, कारोबारको प्याटर्न तथा बैंक खातासम्बन्धी जानकारी निम्न संस्था वा पक्षहरूलाई खुलासा गर्न सक्छ:

  • Western Union समूहका कम्पनी र सम्बद्ध कम्पनी, “WESTERN UNION का कानूनी संस्थाहरू” शीर्षकको खण्डमा सूचीबद्ध भएकाहरू सहित;
  • आवश्यक स्थानीय रेमिटेन्स इजाजतपत्र संस्थाहरू कारोबारसँग सम्बन्धित छन्, “गैर-सम्बन्धित स्थानीय इजाजतपत्र संस्थाहरू” शीर्षकको खण्डमा सूचीबद्ध भएका संस्थासहित:
  • हाम्रा एजेन्ट वा व्यवसायका साझेदारहरू जसले पैसा पठाउन वा कारोबार गर्न वा तपाईंले गर्नुभएको अनुरोधअनुसार विशेष सेवाहरू प्रदान गर्न सहज बनाउँछ;
  • सेवा प्रदायक, भुक्तानी प्रोसेसर, बैंकिङ साझेदार र डेटा प्रोसेसरहरू व्यापार र ग्राहक सेवाहरू प्रदान गर्न करार गरिएका हुन्;
  • हाम्रो तर्फबाट मार्केटिङ, विज्ञापन र ग्राहकको सन्तुष्टि र बजार अनुसन्धानसहित लागू हुने ठाउँमा तपाईंको सहमतिमा आधारित ग्राहक सेवाहरू;
  • हामीलाई मद्दत गर्न सम्झौता गरेका सेवा प्रदायक र डेटा प्रोसेसरहरूले तपाईंले प्रदान गर्नुभएको जानकारीको सटिकता पुष्टि गर्छन र तपाईंको पहिचान पुष्टि गर्न र सुरक्षा, जालसाजी तथा पहिचानसम्बन्धी खतराहरू कम गर्न मद्दत गर्छन्।
  • तपाईंका लागि काम गर्नका लागि तपाईंको खाता र/वा तपाईंको खातासम्बन्धी जानकारी एक्सेस गर्न अनुमति दिनुभएका तेस्रो पक्षहरू जस्तै खाताको जानकारीका सेवा प्रदायक वा भुक्तानी सुरु गर्ने सेवा प्रदायकहरू।

हामीले हाम्रो व्यवसायको सबै वा अंशको बिक्री वा स्थानान्तरणको सम्बन्धमा हामीसँग भएको व्यक्तिगत जानकारी सेयर गर्न सक्छौं। हामी लागू कानून र नियमहरूको आवश्यक वा अनुमति दिएसम्म नियामक र वित्तीय अधिकारी, कानून प्रवर्तन निकाय, अदालत, सरकार वा सरकारी एजेन्सीहरूलाई अनुपालन र कानूनी दायित्वहरू पूरा वा दाबी गर्न वा Western Union वा अन्यको अधिकार र हितहरूको रक्षा गर्न तपाईंको व्यक्तिगत जानकारी विश्वव्यापी रूपमा खुलासा गर्न सक्छौं।

 

आन्तरिक डेटा ट्रान्सफरहरू

हामीले तपाईंको जानकारी सङ्कलन गरिएको देश संयुक्त राज्य अमेरिका मात्र नभई बाहिर अन्य देशमा रहेका पक्षहरूलाई लागू कानून, नियामक संस्था, कानूनी निकाय र सरकारी एजेन्सीहरूलाई आवश्यक परेमा वा अनुमति दिएमा तपाईंको जानकारी ट्रान्सफर गर्न सक्छौँ। यसका अतिरिक्त, तपाईंले अर्को देशमा पैसा पठाउँदा वा प्राप्त अर्को देशबाट पैसा प्राप्त गर्दा, हामीले तपाईंको केहि व्यक्तिगत जानकारी कानूनद्वारा आवश्यक परेमा वा अनुमति भएमा उक्त देशसँग साझा गर्न आवश्यक हुने छ। हामी तपाईंको बारेमा केही व्यक्तिगत जानकारी संयुक्त राज्य अमेरिकामा स्थित हाम्रो डाटा केन्द्रहरूमा वा स्थानीय कानूनद्वारा आवश्यक क्षेत्रभित्र र हाम्रो सेवाहरूमा लागू हुने कानूनी र अनुपालन दायित्वहरू पूरा गर्न यसलाई प्रोसेस गर्ने स्थानमा ट्रान्सफर गर्छौ। हामी हाम्रो संयक्त राज्य अमेरिकाको डेटा केन्द्रमा हामीले तपाईंका बारेमा मार्केटिङमा आधारित रहेर सङ्कलन गरेका केही जानकारी भण्डारण पनि गर्छौं। Western Union का सेवाहरू प्रयोग गर्नाले, तपाईं बसोबास गर्ने देशभन्दा बाहिर उक्त कार्यका लागि जानकारी ट्रान्सफर गर्न सकिन्छ भन्ने कुरा बुझ्नुभएको अर्थ लाग्ने छ।

 

EEA बाट गरिने ट्रान्सफरहरू

EEA बाहिर युरोपेली संघले पर्याप्त सुरक्षा प्रदान गर्न नपाएका देशहरूमा ट्रान्सफर गरिने व्यक्तिगत जानकारीलाई कानुनद्वारा आवश्यक परेअनुसार उपयुक्त संविदात्मक खण्डहरू वा EU-अनुमोदित अन्य संयन्त्रहरूद्वारा सुरक्षित गरिने छ। तपाईंले यो लिङ्कमा गएर यी उपायहरूको प्रतिलिपि प्राप्त गर्न सक्नुहुन्छ: http://ec.europa.eu/justice/dataprotection/international-transfers/transfer/index_en.html.

 

व्यक्तिगत जानकारीको पुनः प्राप्ति

तपाईंको व्यक्तिगत जानकारी वित्तीय कारोबारमा लागू हुने नियमहरूमा निहित वैधानिक अवधिअनुसार राखिनेछ जसमा एन्टि-मनी लन्ड्रिंग, एन्टी-टेररिस्ट वित्तपोषण र हामीलाई लागू हुने अन्य कानूनहरू समावेश छन्। अन्यथा, हामीले तपाईंको जानकारी विशेष उद्देश्य, यो सङ्कलन गरिएको उद्देश्य वा तपाईंले उठाउन सक्ने कुनै पनि प्रश्नको समाधान गर्न आवश्यक भएमा मात्र राख्ने छौं। जबसम्म हामीसँग तपाईंको जानकारी लामो अवधिसम्म राख्ने कानूनी दायित्व हुँदैन वा Western Union को कानुनी स्थिति (उदाहरणका लागि, लागू हुने सीमाहरू, मुकदमेबाजी वा नियामक अनुसन्धानहरूको सम्बन्धमा) को लागि राख्ने सल्लाह दिइँदैन, तबसम्म हामी सामान्यतया तपाईंको जानकारी जुन उद्देश्य(हरू) का लागि त्यो प्राप्त गरिएको थियो त्योभन्दा लामो समयसम्म राख्दैनौँ।

 

तपाईंको व्यक्तिगत जानकारी एक्सेस गर्ने, मेटाउने र सच्याउने र तपाईंले गर्नुभएका छनौटहरू परिवर्तन गर्ने

हामीले तपाईंको व्यक्तिगत जानकारी प्रोसेस गरिरहेका छौँ कि छैनौँ भन्ने कुरा थाहा पाउने र तपाईंको जानकारीको प्रतिलिपि नि:शुल्क माग्ने अधिकार तपाईंसँग हुन्छ। तपाईंले हामीलाई उपलब्ध गराउनुभएको निश्चित जानकारीको संरचित र मेसिन-पठनीय प्रतिलिपि अनुरोध गर्ने अधिकार पनि तपाईंसँग हुन्छ। तपाईंको अनुरोध स्पष्ट रूपमा निराधार वा अत्याधिक छ भने तपाईंको अनुरोधअनुसारको जानकारी हामीले प्रदान गर्नका लागि शुल्क लिन वा नलिन सक्छौँ। तपाईंसँग तपाईंलाई मार्केटिङसम्बन्धित कुराकानीहरू पठाउनबाट रोक्ने अधिकार हुन्छ। तपाईंसँग तपाईंका बारेमा रहेको अधुरो, गलत वा म्याद सकिएको जानकारी सच्चाउन हामीलाई अनुरोध गर्ने अधिकार हुन्छ। तपाईंसँग तपाईंका बारेमा रहेका केही जानकारी मेटाउने, तपाईंसँग सम्बन्धित जानकारीको प्रयोग प्रतिबन्ध गर्ने र यसको केही प्रयोगहरूमा गुनासो गर्ने पनि अधिकार हुन्छ। तपाईंको अनुमतिमा हामीले व्यक्तिगत जानकारी प्रोसेस गरिरहेका छौं भने तपाईं लागू कानुनबमोजिम आफ्नो अनुमति फिर्ता लिन सक्नुहुन्छ। दर्ता भएका प्रयोगकर्ताहरू westernunion.com मा जान र प्रोफाइल सेटिङहरू सम्पादन गर्न सक्छन्। तपाईंसँग हाम्रो व्यक्तिगत जानकारीको प्रोसेससम्बन्धी सम्बन्धित डेटा सुरक्षा नियामक वा पर्यवेक्षक प्राधिकरणमा उजुरी दर्ता गर्ने अधिकार पनि हुन्छ। हामीले कुनै अनुरोध प्राप्त गर्दा, हामी तपाईंको पहिचान पुष्टि गर्नका लागि अतिरिक्त जानकारी माग्न सक्छौँ। केही परिस्थितिहरूमा, हामीले प्रतिक्रिया दिन अस्वीकार गर्न सक्छौं वा लागू कानून द्वारा अनुमति दिएबमिजिम तपाईंका अधिकारहरूमा सीमितताहरू लगाउन सक्छौं। यी अधिकारहरू प्रयोग गर्न कृपया डेटा मालिक पहुँच अनुरोध पोर्टल जानुहोस् वा “हामीलाई सम्पर्क गर्ने तरिका” नामक खण्डमार्फत Western Union मा सम्पर्क गर्नुहोस्। हामी 30 दिनभित्रमा तपाईंको अनुरोधको जवाफ दिने प्रयास गर्नेछौँ तर निश्चित परिस्थितिहरूमा हामीसँग यो अवधि बढाउने अधिकार हुन सक्छ। हामी तपाईंको अनुरोधसँग लागू कानूनद्वारा आवश्यक हदसम्म पालना गर्ने छौं।

 

हामीलाई सम्पर्क गर्ने तरिका

तपाईंसँग हामीले तपाईंको व्यक्तिगत जानकारी प्रोसेस गर्ने बारेमा कुनै प्रश्न वा गुनासो छ भने हामी तपाईंलाई लिखित रूपमा सोधपुछहरू पेस गर्न आग्रह गर्छौँ। हामी तपाईंको सोधपुछबारे अनुसन्धान गर्ने छौँ र सामन्यतया इनक्वेरी प्रापत भएको 30 दिनभित्रमा लिखित रूपमा प्रतिक्रिया दिन्छौँ। तपाईं wuprivacy@westernunion.com मा गई हाम्रो डेटा सुरक्षा अधिकारीसहित हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

टोल-फ्री वा स्थानीय फोन नम्बरमार्फत हामीलाई सम्पर्क गर्न, कृपया WU ग्राहक सेवालाई सम्पर्क गर्नका लागि यो लिङ्कमा जानुहोस्: https://www.westernunion.com/jp/ne/contact-us.html

 

परिवर्तनहरू

Western Union ले यो गोपनीयता कथन संसोधन गर्ने अधिकार सुरक्षित गर्छ। जब संशोधन हुन्छ तब अद्यावधिक भएको गोपनीयता कथन यस वेबसाइटमा पोस्ट गरिने छ। तपाईं सबैभन्दा हालको कथन प्राप्त गर्न जाँदा हामी तपाईंलाई यो गोपनीयता कथनको समीक्षा गर्न अनुरोध गर्छौँ।

 

संयुक्त राज्य अमेरिकाको उपभोक्ता गोपनीयता सूचना

भर्मन्ट, क्यालिफोर्निया, नर्थ डकोटा, टेक्सास र नेभाडासहितत संयुक्त राज्य अमेरिकामा रहेका ग्राहकहरू कृपया Western Union को गोपनीयताको सूचनाको यो लिंकमा जानुहोस्।

 

जापानमा व्यक्तिगत पहिचान नम्बर (“माई नम्बर”)

यस गोपनीयता कथनमा समावेश अन्य कुनै पनि प्रावधानहरू भए तापनि जापानमा बसोबास गर्ने ग्राहकका लागि, हामी तपाईंको “माई नम्बर” र यसका सहायक कागजातहरूलाई यस खण्डमा वर्णन गरिएअनुसार कुनै पनि लागू कानुन र नियमहरूको अनुपालनमा व्यवहार गर्ने छौं।

हामी जापानको उचित घरेलु कर सुरक्षित गर्ने उद्देश्यका लागि ओभरसीज वायर ट्रान्सफरको स्टेटमेन्ट (1997 को ऐन नम्बर 110 संशोधनअनुसार) पेस गर्ने ऐन अनुसार र त्यसको अनुपालनमा तपाईंको माई नम्बर पुष्टि गर्ने उद्देश्यले हामीद्वारा तोकिएको माई नम्बर र सम्बन्धित कागजातहरू सङ्कलन गर्दछौं।

 

WESTERN UNION का कानूनी निकायहरू

 

निकायसम्पर्क जानकारी / ठेगाना
Western Union Financial Services (Australia) PTY. LTD.Level 7

400 George Street

Sydney, NSW 2000 Australia

Western Union International Bank GmbH (Austria)*Schubertring 11, A-1010 Vienna, Austria
Western Union Retail Services BelgiumPlace Louise 6, 1060 Saint-Gilles, Belgium, Belgium
Western Union Financial Services (Canada), Inc.925 Marine Dr

North Vancouver, V7P 1S2 Canada

Western Union Network (Canada) CompanySuite 900, 1959 Upper Water Street, Halifax, NS, Canada B3J 3N2
Western Union Payment Services GB Limited200 Hammersmith Road, London, United Kingdom, W6 7DL
Western Union Payment Services Ireland Ltd (Ireland)**Unit 9

Richview Business Park

Clonskeagh, Dublin, 14 Ireland

Western Union International Limited (Ireland)Unit 9

Richview Business Park

Clonskeagh, Dublin, 14 Ireland

Western Union Network (Ireland) LimitedUnit 9

Richview Business Park

Clonskeagh, Dublin, 14 Ireland

Western Union Japan KKMetro City Kamiyacho 7f, 1-5, Toranomon 5-Chome, Minato-Ku Tokyo, Japan
Western Union Payments (Malaysia) Sdn Bhd16th Floor, Wisma Sime Darby, Jalan Raja Laut, 50350 Kuala Lumpur, Malaysia
Grupo Dinámico Empresarial S.A. de C.V.Av. Paseo de la Reforma No. 505, piso 17, Col. Cuauhtémoc, Delegación Cuauhtémoc, C.P. 06500, Ciudad de México
Western Union MT East (Russia)16A Bldg, Leningradskoe shosse

125171, Moscow, Russia

Western Union Financial Services, Inc. (USA)7001 E Belleview Avenue, Denver, CO
Western Union International Services, LLC100 Summit Ave Montvale, NJ 07645
*अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फारो टापु, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीनल्याण्ड, हंगेरी, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, लाटभिया, लिकटेन्स्टाइन, लिथुआनिया, लक्जमबर्ग, माल्टा, नेदरल्याण्ड, नर्वे पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया (स्लोभाक गणतन्त्र), स्लोभेनिया, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, युनाइटेड किंगडममा यो कथनमा व्याख्या गरेअनुसारका सेवाहरूका लागि डेटा नियन्त्रक

** अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएशिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फारो टापु, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीनल्याण्ड, हंगेरी, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, लाटभिया, लिकटेन्स्टाइन, लिथुआनिया, लक्जमबर्ग, माल्टा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया (स्लोभाक गणतन्त्र), स्लोभेनिया, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, युनाइटेड किंगडममा व्यक्तिगत रिटेल सेवाहरूका लागि डेटा नियन्त्रक।

 

गैर-सम्बद्ध स्थानीय इजाजतपत्र निकायहरू

 

देशनिकायसम्पर्क जानकारी / ठेगाना
बहराइनNEC B.S.C partnershiphttp://www.nec-bh.com/

 

कोस्टा रिकाAirpak Fidelity Corp partnershipAirpak Fidelity Corp

Paseo Colon, Torre Mercedes Piso 7, San Jose

कोस्टा रिका

टेलिफोन: (506) 4800-1703

इक्वेडोरTransferunion S.A. partnershiphttps://www.redactiva.com/redactiva/contactanos

इमेल: comentarios@activaecuador.com

ग्वाटेमालाAirpak Fidelity Corp partnershipAirpak Fidelity Corp:

16 Calle 0-53 Zona 10, Edif. Torre Internacional Nivel 15, Guatemala

टेलिफोन: 502-2410-1051

जमैकाGraceKennedy Remittance Services partnershipGraceKennedy Remittance Services Ltd.

2-6 Trafford Place

Kingston 5

जमैका

टेलिफोन: (876) 926-2454

इमेल: wuonline@gkco.com

कुवेतAman Exchange Company W.L.L.http://www.amankuwait.com/AmanWebsite/index.html

इमेल: info@amankuwait.com

मलेसियाWestern Union Payments (Malaysia) Sdn Bhd (WUPM)टेलिफोन: 800-81-3399

इमेल: malaysia.customer@westernunion.com

कतारAlfardan Exchange LLCटेलिफोन: 800 3950

इमेल: wu.support@alfardanexchange.com.qa

युक्रेनPrivatBank, JSC CB PrivatBank (Ukraine)इमेल: hotline@privatbank.ua
संयुक्त अरब एमिरेट्सAl Fardan Exchange LLCइमेल: wu.support@alfardanexchange.com